२०८३, आश्विन २१ गते

images
  • समाचार
  • गृहमन्त्रालयले बोलाए केन्द्रीय सुरक्षा समितिको...

गृहमन्त्रालयले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

गृहमन्त्रालयले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

शनिवार, आश्विन १२ २०८११०:२७
शनिवार, आश्विन १२ २०८११०:२७
  • images

    काठमाडौं । गृहमन्त्रालयले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ । मन्त्रालयका अनुसार विहान साढे १० बजेका लागि बैठक बोलाइएको हो ।

    दुई दिनदेखिको अवरिल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएपछि राहत तथा उद्धार व्यवस्थापन तथा थप कार्ययोजना तय गर्न गृहमन्त्री रमेश लेखकले बैठक बोलाएका उनको सचिवालयले जानकारी दिएको छ ।

    मन्त्री लेखकले निरन्तरको वर्षाका कारण देशभर नै वर्षा, बाढी, पहिरो र डुबानको समस्या हुनुका साथै जनधनको क्षति हुने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न सबैलाई आग्रह गरेका छन् । बैठकमा चार वटै सुरक्षा निकायका प्रमुखहरु सहभागी हुनेछन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend