काठमाडौं । रमेश शर्मा र पिताम्बर बडु पक्राउ परेका छन्। शर्मा एण्ड कम्पनीका अध्यक्ष शर्मा र लाा कन्स्ट्रक्सनका प्रबन्ध सञ्चालक बडुलाई प्रहरीले सोमबार काठमाडौंबाट पक्राउ गरेको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख क्बलतयकज प्जबमपब ले दुवै निर्माण व्यवसायीलाई नियन्त्रणमा लिइएको पुष्टि गरे।
उनका अनुसार सहरी विकास मन्त्रालयको अनुरोधमा उनीहरूलाई पक्राउ गरिएको हो। निर्माण ठेक्का समयमै सम्पन्न नगरेको तथा विभिन्न योजना अनावश्यक रूपमा ओगटेर राखेको आरोपमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
“ठेक्का समयमा सम्पन्न नगर्ने र अनावश्यक रूपमा योजना ओगट्ने विषयमा उजुरी आएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको हो,” प्रमुख खड्काले बताए।
प्रहरीका अनुसार दुवै निर्माण कम्पनीले विभिन्न सार्वजनिक निर्माण आयोजना लामो समयसम्म अलपत्र पारेको आरोप खेपिरहेका छन्। पछिल्लो समय सरकार निर्माण व्यवसायीमाथि कडाइ गर्ने रणनीतिमा देखिएको छ। समयमै आयोजना सम्पन्न नगर्ने, पटक–पटक म्याद थप गरिरहने तथा सरकारी स्रोत साधन रोकिराख्ने प्रवृत्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको बताइएको छ।
सहरी विकास मन्त्रालयले सार्वजनिक निर्माण कार्य प्रभावकारी बनाउन तथा अलपत्र योजनाको समस्या समाधान गर्न कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। पक्राउ परेका दुवै व्यवसायीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

