२०८३, आश्विन २१ गते

images
  • समाचार
  • अविरल वर्षाले काठमाडौँ उपत्यकाका अधिकांश स्थानको...

अविरल वर्षाले काठमाडौँ उपत्यकाका अधिकांश स्थानको विद्युत् आपूर्ति अवरुद्ध

अविरल वर्षाले काठमाडौँ उपत्यकाका अधिकांश स्थानको विद्युत् आपूर्ति अवरुद्ध

शनिवार, आश्विन १२ २०८१०२:१२
शनिवार, आश्विन १२ २०८१०२:१२
  • images

    काठमाडौँ । अविरल वर्षाले विद्युत् आपूर्ति प्रणालीमा अवरोध हुँदा काठमाडौँसहित मुलुकका अधिकांश स्थानमा विद्युत् काटिएको छ । वर्षाले विद्युत् प्रसारण तथा वितरण प्रणालीको पूर्वाधारमा क्षति पुर्‍याउँदा आपूर्ति प्रभावित भएको हो । 

    नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार काठमाडौंँ उपत्यकाको आधा क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ । उपत्यकामा विद्युत् माग सामान्य अवस्थामा करिब चार सय मेगावाट हुने गरेकामा आज दुई सय मेगावाटको हाराहारीमा मात्रै रहेको उनले बताए ।

    बानेश्वर ‘सबस्टेसन’बाट ललितपुरको गोदावरी, इमाडोल, लुभु च्यासल क्षेत्रमा विद्युत् आपूर्ति भएका ‘फिडर’समेत प्रभावित भएका छन् । भक्तपुर सबस्टेसनबाट खोपासी, नलिनचोक र बोडे खानेपानीलाई विद्युत् आपूर्ति दिइएका फिडर बन्द छन् । 

    त्यस्तै पाटन सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएका खुमलटार, इमाडोल, सातदोबाटो, गोदावरी, हात्तीवन, चापागाउँ, खोकना, चक्रपथ, हरिसिद्धी, रेडियो नेपाल र लुभु फिडर बन्द भएका प्रवक्ता घोषले जानकारी दिए । 

    लैनचौर सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएको गैह्रिधारा, टेकु सबस्टेसनबाट आपूर्ति दिइएका कीर्तिपुर, बागमती, ताहाचल, सुन्धारा, कालीमाटी, चक्रपथ र चमती, नयाँ चाबहिल सबस्टेसनबाट आपूर्ति भइरहेका हाँडीगाउँ तथा कालोपुल र स्यूचाटार सबस्टेशनबाट आपूर्ति भइरहेका कलङ्की, बलम्बु रोपवे फिडर प्रभावित भएका छन् । 

    प्राधिकरणका प्रवक्ता घोषले विद्युत् आपूर्ति यथाशीघ्र सञ्चालनमा ल्याउन प्राधिकरणको टोली खटिएको जानकारी दिए । धेरै ठाउँ जलमग्न भएका तथा नदीहरुमा जलसतह बढेकाले लाइन सञ्चालनमा असहज भइरहेको उनले बताए । साथै देशका अन्य स्थानमा पनि बिजुली आपूर्तिमा कठिनाइ उत्पन्न भएको प्राधिकरणले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend