२०८३, आश्विन २१ गते

images
  • समाचार
  • उपत्यकामा बाढी–पहिरो : २३ जनाको मृत्यु,...

उपत्यकामा बाढी–पहिरो : २३ जनाको मृत्यु, ९१८ जनाको उद्धार

उपत्यकामा बाढी–पहिरो : २३ जनाको मृत्यु, ९१८ जनाको उद्धार

शनिवार, आश्विन १२ २०८१०३:२६
शनिवार, आश्विन १२ २०८१०३:२६
  • images

     

    काठमाडौं । काठमाडौं उपत्यकामा बाढीपहिरोमा परेर २३ जनाको मृत्यु भएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी विनोद घिमिरेका अनुसार काठमाडौंमा १०, ललितपुरमा ९ र भक्तपुरमा ५ जना गरी २३ जनाको मृत्यु भएको हो।

    तीन जिल्लामा बाढी पहिरोमा परेर एकजना बेपत्ता छन् । बढी पहिरोमा परेर काठमाडौंमा १० र भक्तपुरमा एक जना घाइते भएका छन्। 
    त्यसैगरी काठमाडौंमा चार र भक्तपुरमा एउटा घर पहिरोले बगाएको छ। अहिलेसम्म उपत्यकामा १२ सय ४४ घर डुबानमा परेका छन्। काठमाडौं, ललितपुर र भक्तपुरका हजारौँ घरमा पानी पसेको छ। 

    काठमाडौं उपत्यकामा बाढीपीडितको उद्धारमा नेपाल प्रहरीका चार हजार पाँच सय १० जना खटिएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend