२०८३, आश्विन २१ गते

images
  • अटो
  • ५३० किमी रेन्ज दिने ‘एमजी एस...

५३० किमी रेन्ज दिने ‘एमजी एस सिक्स’ ईभी सार्वजनिक, यस्ता छन् विशेषताहरु

५३० किमी रेन्ज दिने ‘एमजी एस सिक्स’ ईभी सार्वजनिक, यस्ता छन् विशेषताहरु

बुधवार, बैशाख ३० २०८३०१:३३
बुधवार, बैशाख ३० २०८३०१:३३
  • images

    काठमाडौँ । नेपालमा एमजी एस सिक्स इलेक्ट्रीक एसयूभी सार्वजनिक भएको छ । नेपालका लागि एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले ६९ लाख ९९ हजार  रुपैयाँ तोकेर एस सिक्स बिक्री सुरू गरेको हो । यो मूल्य यसका प्रतिस्पर्धीहरुकोभन्दा कम हो । एस सिक्सका प्रतिस्पर्धी बीवाइडी सिलायन सेभेनको मूल्य ७९ लाख ९९ हजार, दीपल एस०७ को ७४ लाख ९९ हजार र लीपमोटर सी१० को मूल्य ७२ लाख रुपैयाँ रहेको छ ।

    एमजी एस सिक्स नेपालमा रियर ह्वील ड्राइभमा आएको हो । अन्तर्राष्ट्रिय बजारमा भने रियर ह्वील ड्राइभ र अलह्वील ड्राइभ दुवै अप्सनमा उपलब्ध छ । एमजी एस सिक्समा शक्तिशाली १८० किलोवाटको इलेक्ट्रीक मोटर छ । यसले ३५० न्युटन मिटर टर्क प्रदान गर्छ । यसले ० देखि १०० किमीको स्पीड केबल ७।३ सेकेण्डमा भेटाउँछ ।

    एस सिक्स एसयूभीमा ७७ किलोवाट आवरको एलएफपी ब्याट्री दिएको छ । यसले एकपटकको फुलचार्जमा ५३० किलोमिटर रेन्ज दिने डब्लू एलटीपीले प्रमाणित गरेको छ । एमजी एस सिक्सले १४४ किलोवाट क्षमताको डीसी चार्जर सपोर्ट गर्छ । उक्त चार्जरले ३८ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्ने कम्पनीको दाबी छ ।

    एमजी एस सिक्सको लम्बाइ ४७०८ एमएम छ । चौडाइ १९१२ एमएम र उचाइ १६७२ एमएम अग्लो एसयूभीमा २८३५ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । यसमा ६७४ लिटरको बुट स्पेश छ । एमजीले यसको क्याबिन धेरै हदसम्म एमजी फाइभमा आधारित रहेर तयार पारेको छ । ड्यासबोर्डमा १२.८ इन्चको स्क्रीन, ११ वटा स्पीकर, हिटेड सिट, पानारोमिक सनरुफ, अगाडि फ्रन्ट फ्रङ्क्स उपलब्ध छ ।

    टेक्नोलोजीका हिसाबले पनि एमजी सिक्स निकै बलियो छ । आवश्यकता अनुसार मिलाउन सकिने रिजेन, वान पेडल ड्राइभिङ, आइएम सिक्समा दिइएको अप्सनल ‘रेन नाइट मोड’ पाउन सकिन्छ । यसमा सुरक्षाका लागि एईबी, लेन किप एसिस्ट, एडाप्टिभ क्रुज कन्ट्रोल लेभल २ एडास, क्रुज कन्ट्रोल, ७ एयर ब्याग लगायत फिचर छन् । यसले युरो एन क्यापमा अब्बल फाइभ स्टार रेटिङ पाएको छ ।

    बाहिरी डिजाइनमा अगाडिबाट एमजी फाइभको धेरै कुरा समान जस्तै लाग्ने एसयूभी पछाडिबाट भने निकै भिन्न लाग्छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend