२०८३, आश्विन २० गते

images
  • समाचार
  • बाढी पहिरो र डुबानः सबैभन्दा बढी...

बाढी पहिरो र डुबानः सबैभन्दा बढी क्षति बागमती प्रदेशका जिल्लाहरूमा

बाढी पहिरो र डुबानः सबैभन्दा बढी क्षति बागमती प्रदेशका जिल्लाहरूमा

शनिवार, आश्विन १२ २०८१०७:३५
शनिवार, आश्विन १२ २०८१०७:३५
  • images

    काठमाडौं । पछिल्लो २४ घण्टामा भएको लगातारको वर्षा र बाढीले ठुलो जनधनको क्षति गरेको छ । बाढी र पहिरोको प्रकोपबाट कोशी, बागमती र मधेस प्रदेशमा गरी अहिलेसम्म कूल ६६ जनाले ज्यान गुमाएका छन्, ६० जना घाइते भएका छन् भने ६९ जना अझै बेपत्ता भएका छन् । सबैभन्दा धेरै क्षति बागमती प्रदेशका जिल्लाहरूमा भएको छ । 

    शनिवार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले पत्रकार सम्मेलन मार्फत विभिन्न स्थानमा भएको क्षतिको विस्तृत जानकारी गराएका छन् । 

    बाढी पहिरोबाट काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । उपत्यकाभित्र काठमाडौँमा ९ जना, ललितपुरमा १८ जना र भक्तपुरमा ५ जनाले ज्यान गुमाएका छन् भने उपत्यकामा कूल ११ जना घाइते भएका छन् । उपत्यकाका ३ जिल्ला बाहेक बागमती प्रदेशमा २३ जनाको मृत्यु भएको छ, जहाँ ३५ जना घाइते र ४० जना बेपत्ता भएका छन् । 

    कोशी प्रदेशमा ८ जनाको मृत्यु भएको छ भने ४ जना घाइते र ८ जना बेपत्ता भएका छन् । मधेस प्रदेशमा पनि १ जनाको मृत्यु, २ जना घाइते र ४ जना बेपत्ता भएका छन् । 

    home.webp

     

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend