२०८३, आश्विन २१ गते

images
  • समाचार
  • झ्याप्लेखोलामा पहिरोः पुरिएका बसबाट निकालियो १४...

झ्याप्लेखोलामा पहिरोः पुरिएका बसबाट निकालियो १४ जनाको शव

झ्याप्लेखोलामा पहिरोः पुरिएका बसबाट निकालियो १४ जनाको शव

शनिवार, आश्विन १२ २०८११०:४६
शनिवार, आश्विन १२ २०८११०:४६
  • images

    काठमाडौं । काठमाडौं नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो ।

    त्यस्तै नम्बर नखुलेको अर्को बसबाट ९ जनाको शव निकालिएको प्रहरीले जनाएकाे छ । ती बसहरु शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको थियो । पहिरोमा अरु बसहरु पनि पुरिएको आशंकामा प्रहरीले खोजी गरिरहेको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend