२०८३, आश्विन २१ गते

images
  • समाचार
  • आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न...

आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह

आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह

शनिवार, आश्विन १२ २०८११०:४८
शनिवार, आश्विन १२ २०८११०:४८
  • images

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबारदेखी तीन दिन विद्यालय बन्द गर्न आग्रह गरेको छ। विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय आइतबारदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध गरेको हो ।

    शिक्षा मन्त्रालयका प्रवक्ता लक्ष्मी प्रसाद भट्टराईले शनिबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् । मन्त्रालयअन्तर्गतका विभागीय कार्यालय तथा शिक्षा विकास तथा समन्वय एकाइहरू र विश्वविद्यालयहरूको हकमा विश्वविद्यालय अनुदान आयोगले आवश्यक समन्वय गरी विपद् व्यवस्थापन तथा तत्काल राहतमा सहयोग गर्न समेत अनुरोध गरेको छ । भौतिक, शैक्षिक र मानवीय क्षतिको विवरण विश्वविद्यालय अनुदान आयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत मन्त्रालयमा यथाशीघ्र पठाउन समेत अनुरोध गरेको छ।

    school-banda2024-09-28-09-40-11.jpeg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend