२०८३, आश्विन २१ गते

images
  • समाचार
  • बाढी, पहिरो र डुबानमा परी मृत्यु...

बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या १०२ पुग्यो, ६४ जना बेपत्ता

बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या १०२ पुग्यो, ६४ जना बेपत्ता

आइतवार, आश्विन १३ २०८१०९:५१
आइतवार, आश्विन १३ २०८१०९:५१
  • images

    काठमाडौं । लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या १०२ पुगेको छ।

    सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढी, पहिरो र डुबानमा परी ६४ जना बेपत्ता रहेका छन् भने ४५ जना घाइते भएका छन्।

    सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार सबैभन्दा धेरै काठमाडौँ उपत्यकामा ४८ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता रहेका छन्।

    उनले हालसम्म कोशी प्रदेशमा १५ र मधेश प्रदेशमा २, बागतमी प्रदेशमा ३७ जनाको मृत्यु भएको छ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend