२०८३, आश्विन २१ गते

images

एम्बुलेन्स बीचमै रोकिँदा २ बिरामीको मृत्यु

एम्बुलेन्स बीचमै रोकिँदा २ बिरामीको मृत्यु

आइतवार, आश्विन १३ २०८१०२:४५
आइतवार, आश्विन १३ २०८१०२:४५
  • images


    काठमाडौं । सिन्धुलीबाट बिरामी बोकेर काठमाडौंतर्फ गरेका एम्बुलेन्सहरू बाढी र पहिरोका कारण बीच सडकमै रोकिंदा दुई जना बिरामीको मृत्यु भएको छ।

    सिन्धुली सदरमुकामबाट बिरामी लिएर काठमाडौं हिँडेका पाँच वटा एम्बुलेन्समध्ये दुईवटाका बिरामीको मृत्यु भएको हो। सिन्धुलीको सुनकोसी गाउँपालिका १ दुम्जानजिकै बाढी र पहिरोका कारण बिपी राजमार्ग अवरुद्ध हुँदा बिहीवारदेखि बीचबाटोमै एम्बुलेन्स रोकिएको थियो। बाटोमा अलपत्र पर्दा अन्य तीनवटा एम्बुलेन्सका बिरामीको अवस्थासमेत नाजुक बन्दै गएको प्रहरीले जनाएको छ। 

    बीच बाटोमा नै एम्बुलेन्स रोकिएपछि कमलामाई नगरपालिका ४ मल्लागाउँ सिन्धुलीका एक जना करिव ९५ वर्षकी वृद्धा टीका कुमारी भुजेल र बर्दिवास नगरपालिका ८ महोत्तरीका करिव ४५ वर्षका मानबहादुर सिंजालीको मृत्यु भएको हो। 

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी अनिलकुमार खड्काका अनुसार भुजेलको शुक्रबार र सिँजालीको शनिबार बिहान एम्बुलेन्समै मृत्यु भएको हो।

    ब २१ च ७५२३ नम्बरको एम्बुलेन्स मार्फत लगिएको भुजेलको शरीरमा रगत कमी र दम बढेपछि सिन्धुली अस्पतालबाट थप उपचारका लागि काठमाडौं लगिँदै थियो। सिंजाली भने मृर्गौला पीडित थिए। सिजाँलीलाई महोत्तरीको बर्दिवासबाट ज १ च १७०८ नम्बरको एम्बुलेन्स मार्फत उपचारका लागि काठमाडौं आउँदै थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend