२०८३, आश्विन २१ गते

images
  • समाचार
  • हवाई भाडा दर नियन्त्रण गर्न राज्य...

हवाई भाडा दर नियन्त्रण गर्न राज्य व्यवस्था समितिको निर्देशन

हवाई भाडा दर नियन्त्रण गर्न राज्य व्यवस्था समितिको निर्देशन

आइतवार, आश्विन १३ २०८१०७:४७
आइतवार, आश्विन १३ २०८१०७:४७
  • images

    काठमाडौं ।  राज्य व्यवस्था तथा सुशासन समितिले अस्वाभाविक रुपमा हवाई भाडा दर बढाइएको उल्लेख गर्दै नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।

    समितिका सभापति रामहरि खतिवडाले आइतबार देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक यातायात अवरुद्ध हुँदा हवाई भाडा दरमा नियन्त्रण तथा सहजीकरण गर्न मन्त्रालयलाई निर्देशन दिएको जानकारी दिए ।  

    'यस विकराल तथा प्रतिकूल परिस्थितिमा आवतजावतको विकल्पका रुपमा रहेको हवाई यातायात समेतमा आन्तरिक उडान गर्ने विमान सेवा कम्पनीहरूले आफूखुसी हवाई भाडा बढाउँदा आम नागरिकमा यसले ठूलो असर पारेको देखिन्छ', निर्देशनमा भनिएको छ, 'तसर्थ हवाई भाडा दरमा नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आवश्यक निर्देशन गर्दछु ।'

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend