२०८३, आश्विन २१ गते

images
  • समाचार
  • बाढीपहिरो र डुबानमा परी १ सय...

बाढीपहिरो र डुबानमा परी १ सय ९२ को मृत्यु, ३० जना बेपत्ता

बाढीपहिरो र डुबानमा परी १ सय ९२ को मृत्यु, ३० जना बेपत्ता

सोमवार, आश्विन १४ २०८११०:५२
सोमवार, आश्विन १४ २०८११०:५२
  • images

    काठमाडौं । अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छ, भने ३० जना बेपत्ता भएका छन् । 

    प्राकृतिक विपद्मा  एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उनले बताए । 

    बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ ।

    सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend