२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • सरकारद्वारा राष्ट्रिय शोकको घोषणा, तीन दिन...

सरकारद्वारा राष्ट्रिय शोकको घोषणा, तीन दिन राष्ट्रिय झन्डा झुकाउने

सरकारद्वारा राष्ट्रिय शोकको घोषणा, तीन दिन राष्ट्रिय झन्डा झुकाउने

सोमवार, आश्विन १४ २०८१०९:४१
सोमवार, आश्विन १४ २०८१०९:४१
  • images

    काठमाडौं । बाढी पहिरोका कारण दुई सयभन्दा धेरैको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिरिषद् बैठकले राष्ट्रिय शोकको घोषणा गर्दै तीन दिन राष्ट्रिय झन्डा झुकाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले बताए।

    त्यस्तै मृतक परिवारलाई जनही दुई लाख राहत उपलब्ध गराउने निर्णय सरकारले गरेको छ। राहत तथा उद्धारका लागि अर्थ मन्त्रालयले एक अर्ब उपलब्ध गराउने निर्णयसमेत गरिएको छ। मन्त्री गुरुङका अनुसार प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा मन्त्रिपरिषद्का सदस्यहरूको एक महिनाको तलब जम्मा गर्ने निर्णयसमेत गरिएको छ।

    त्यस्तै राहत र उद्धारका लागि सरकारले प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने आह्वान पनि गरेको छ। त्यस्तै बाढी पहिरोका कारण घाइते भएकाहरूलाई निशुल्क उपचार र उपचारमा कुनै कमी हुन नदिने निर्णयसमेत भएको मन्त्री गुरुङले बताए। 

    त्यस्तै सडक, खानेपानी, दूरसञ्चार, विद्युतलगायतका संरचनामा पुगेको क्षतिबारे सम्बन्धित मन्त्रालयले प्रतिवेदन बुझाउने निर्णयसमेत गरिएको छ। त्यस्तै प्रभावित जिल्लामा अनुगमन टोली गठन गरेर खटाउन गृह मन्त्रालयलाई निर्देशनसमेत दिइएको मन्त्री गुरुङले बताए। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend