२०८३, आश्विन २१ गते

images

भाटभटेनीका मिनबहादुरले दिए बाढी पहिरो पीडितलाई एक करोड

भाटभटेनीका मिनबहादुरले दिए बाढी पहिरो पीडितलाई एक करोड

सोमवार, आश्विन १४ २०८१०९:४५
सोमवार, आश्विन १४ २०८१०९:४५
  • images

    काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङले बाढी पहिरो र डुबान पीडितको सहयोगार्थ एक करोड ११ लाख रुपैयाँ प्रदान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विदेशबाट फर्के लगत्तै सोमबार व्यवसायी मीनबहादुर गुरुङ दम्पतीसँग भेट भएको र उनीहरुले बाढी पहिरो पीडितको राहतका लागि एक करोड, ११ लाख, ११ हजार एक सय ११ रुपैयाँको चेक दिएको बताएका छन् । 

    उक्त रकम प्राकृतिक विपत्ति उद्धार कोषमा प्रदान गरिएको भन्दै प्रधानमन्त्रीले गुरुङको परिवारलाई धन्यवादसहित सामाजिक सञ्जाल फेसबुकमार्फत तस्बिरसहित सार्वजनिक गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend