२०८३, आश्विन २१ गते

images

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश

मंगलवार, आश्विन १५ २०८१०५:२३
मंगलवार, आश्विन १५ २०८१०५:२३
  • images

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश ठाकुर प्रसाद खरेलले उनलाई धरौटीमा रिहा गर्न आदेश  दिएका हुन् । 

    दुईवटा मुद्दामा जनही उनलाई ५०–५० हजार धरौटी माग गरिएको छ । प्रहरीको साइबर ब्युरोले उनलाई असोज ६ मा भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ गरेको थियो । 

    सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध विद्युतीय अपराधसम्बन्धी दुईवटा मुद्दा दायर गरेको थियो । 

    युट्युब च्यानल ‘देश दुनियाँ खबर’मा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक जना महिलाको ‘चरित्रहत्या गरेको’ आरोप छ । अर्का एक जना पुरुषले पनि प्रसाईं विरुद्ध जाहेरी दिएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend