२०८३, आश्विन २१ गते

images
  • समाचार
  • बाढीपहिरोबाट १७ अर्बको क्षति, २२४ जनाले...

बाढीपहिरोबाट १७ अर्बको क्षति, २२४ जनाले ज्यान गुमाएको प्रारम्भिक अनुमान

बाढीपहिरोबाट १७ अर्बको क्षति, २२४ जनाले ज्यान गुमाएको प्रारम्भिक अनुमान

मंगलवार, आश्विन १५ २०८१०७:५७
मंगलवार, आश्विन १५ २०८१०७:५७
  • images

    काठमाडौं । सरकारले असोज १० देखि १२ सम्म निरन्तरको झरीपछि गएको र डुबानबाट हालसम्म १७ अर्बको क्षति अनुमान र २२४ जनाले ज्यान गुमाएकाे अनुमानित प्रारम्भिक विवरण सार्वजनिक गरेकाे छ।

    प्रधानमन्त्री केपी शर्माले ओलीले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यसचिव एकनारायण अर्यालले विपद् घटनामा  भएको जनधनको क्षति विवरणबारे पत्रकारलाई जानकारी दिएका हुन्। 
    मुख्यसचिव अर्यालका अनुसार हालैको झरीले २१ जिल्ला प्रभावित बनेको, २४ जना बेपत्ता, १५८ घाइते र ४ हजार ३३१ जनाको उद्धार गरिएको छ। 

    बाढीपहिरो र डुबानका कारण सबैभन्दा बढी क्षति कृषि क्षेत्रमा भएको छ। कृषिमा ६ अर्ब बराबरको क्षति भएको सरकारी अनुमान छ। यस्तै, खानेपानी आयोजनामा ३ अर्ब ५५ करोड,  सडकमा २ अर्ब ५२ करोड, ऊर्जामा ४ अर्ब, सिँचाइमा १ अर्ब क्षतिको प्रारम्भिक अनुमान गरिएको मुख्यसचिव अर्यालले जानकारी दिए।

    उनका अनुसार बाढीपहिरोबाट ३७ राजमार्ग अवरुद्ध भएकामा बुधबार ४ बजेसम्म ९ वटा सञ्चालन आएका छन्। ३४ निर्माणाधीन जलविद्युत आयोजनामा क्षति पुगेको मुख्यसचिव अर्यालबाट सार्वजनिक विवरणमा उल्लेख छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend