२०८३, आश्विन २१ गते

images

कारागार चलान भए ढोरपाटनका मेयर नेपाली

कारागार चलान भए ढोरपाटनका मेयर नेपाली

सीएनएन खबर
मंगलवार, आश्विन १५ २०८१०८:२७
सीएनएन खबर
मंगलवार, आश्विन १५ २०८१०८:२७
  • images

    काठमाडौँ । सहकारी ठगीमा संग्लन रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पुर्पक्षका लागि कारागार चलान भएका छन् । उनलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत, बागलुङले आदेश दिएको हो ।

    नेपालीको बयान सोमबार नै सकिएको अदालतले जनाएको छ । मंगलबारको थुनछेक बहसपछि नेपालीलाई कारागार चलान गरिएको हो ।

    जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलाशले नेपालीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

    इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा नेपाली शुक्रबार भारतको दिल्लीमा पक्राउ परेका थिए । उक्त सहकारीको उनी अध्यक्षसमेत हुन् ।

    लामो समयदेखि फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भारतबाट नेपाल ल्याई जिल्ला अदालतमा सोमबार बुझाएको थियो ।

    यस्तै, उनीसँगै पक्राउ परेका ओमप्रसाद दर्जीलाई भने अदालतले एक लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend