काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश हुने पक्का भएको छ । संवैधानिक परिषद्ले उनलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । सो सिफारिसलाई बुधबार संसदको सुनुवाइ समितिले अनुमोदन गरेको छ ।
नाम संसदीय समितिबाट अनुमोदन भएसँगै अब उनी प्रधानन्यायाधीश नियुक्त हुनेछन् । संसदीय समितिमा बुधबारै राउतले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए । राउतलाई संसदीय समितिले सर्वसम्मत अनुमोदन गरेको हो ।

