२०८३, आश्विन २१ गते

images
  • समाचार
  • सडक दुर्घटना नियन्त्रण प्रयासःछाडा चौपायाका घाँटीमा...

सडक दुर्घटना नियन्त्रण प्रयासःछाडा चौपायाका घाँटीमा ‘रिफ्लेक्टर’

सडक दुर्घटना नियन्त्रण प्रयासःछाडा चौपायाका घाँटीमा ‘रिफ्लेक्टर’

सीएनएन खबर
बिहिवार, आश्विन १७ २०८१११:२८
सीएनएन खबर
बिहिवार, आश्विन १७ २०८१११:२८
  • images

    काठमाडौँ । छाडा चौपायाका कारण सडक दुर्घटना नहोस् भन्ने उद्देश्यले नेपालगन्जका छाडा चौपायाको घाँटीमा ‘रिफ्लेक्टर’ लगाइएको छ । छाडा चौपायाका कारण राति बढी दुर्घटना हुन थालेपछि प्रहरीले छाडा चौपायालाई रिफ्लेक्टर लगाएको वडा प्रहरी कार्यालयका प्रमुख अरुण बमले बताए ।

    नेपालगन्ज उपमहानगरपालिका–४, ५ र ६ का सडकमा अधिक छाडा चौपाया भेटिने गरेका बताउँदै उनले रिफ्लेक्टर लगाउन सहज नभएको गुनासो गरे। 

    छाडा चौपाया व्यवस्थापन स्थानीय तह, ट्राफिक प्रहरी र प्रशासनलाई चुनौतीपूर्ण बन्दै गएको उनले बताए । हालसम्म नगरक्षेत्रमा रहेका छाडा चौपायाको यकिन विवरण सङ्कलन नभएको जानकारी प्रमुख बमले दिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend