२०८३, आश्विन २१ गते

images

दसैं बिदामा पनि सर्वोच्च खुला हुने

दसैं बिदामा पनि सर्वोच्च खुला हुने

बिहिवार, आश्विन १७ २०८१०२:४५
बिहिवार, आश्विन १७ २०८१०२:४५
  • images

    काठमाडौं । दसैंको बिदामा पनि सर्वोच्च अदालत खुला हुने भएको छ। सर्वाेच्च घटस्थापनादेखि काेजाग्रत पूर्णिमासम्म बन्द हुन्छ।

    दसैं बिदामा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने सर्वोच्चले जनाएको छ। याे अवधिमा अन्य मुद्दाकाे सुनुवाइ भने हुनेछैन।

    उक्त निवेदन सुनुवाइका लागि बिदाको समयमा बिहान ११ बजेदखि ३ बजेसम्म खुला हुने भएको हो।

    सर्वोच्च अदालतको प्रशासनले जारी गरेको सूचनामा घटस्थापनादेखि कोजागत पूर्णिमासम्म अदालत बन्द रहने भए पनि बन्दी प्रत्यक्षीकरणको को रिट निवेदनमा सुनुवाइका लागि अदालत खुला रहने उल्लेख छ।

    न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिअन्तर्गत घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दी प्रत्यक्षकीकरणको रिट निवेदनमा सुनुवाइ हुने उल्लेख गरिएको हो।   

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend