२०८३, आश्विन २१ गते

images
  • समाचार
  • धनगढीका होटलमा अनैतिक गतिविधि, २४ जना...

धनगढीका होटलमा अनैतिक गतिविधि, २४ जना प्रहरी नियन्त्रणमा

धनगढीका होटलमा अनैतिक गतिविधि, २४ जना प्रहरी नियन्त्रणमा

बिहिवार, आषाढ ११ २०८३०६:५२
बिहिवार, आषाढ ११ २०८३०६:५२
  • images

    काठमाडौँ । धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले २४ जनालाई नियन्त्रणमा लिएको  छ । 

    विभिन्न होटल, लजहरूमा चेकजाँच गर्दा अनैतिक गतिविधिमा संलग्न ११ महिला र १३ जना पुरुषलाई  नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा सात जना भारतीय नागरिक पुरूष रहेका छन् ।

    नियन्त्रणमा लिइएकाहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले जानकारी दिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend