२०८३, आश्विन २१ गते

images
  • समाचार
  • पश्चिमी तराईमा गर्मीको कहर, दिउँसो बाहिर...

पश्चिमी तराईमा गर्मीको कहर, दिउँसो बाहिर ननिस्कन मौसम विभागको आग्रह

पश्चिमी तराईमा गर्मीको कहर, दिउँसो बाहिर ननिस्कन मौसम विभागको आग्रह

बिहिवार, आषाढ ११ २०८३११:२८
बिहिवार, आषाढ ११ २०८३११:२८
  • images

    काठमाडौँ । देशका पश्चिमी तराई क्षेत्रमा तातो हावाको लहर ९हिटवेभ० को प्रभाव आज पनि कायमै रहने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागले आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा तातो लहर चल्ने सम्भावना रहेको जनाएको छ । 

    विभागका प्रवक्ता विभूति पोखरेलले गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मीका कारण जनस्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह समेत गरिन ।

    विभागको मौसम पूर्वानुमानअनुसार आज धनगढीको अधिकतम तापक्रम ३८ देखि ४० र नेपालगञ्जमा अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ । भैरहवा, वीरगञ्ज, घोराही र सिमरामा तापक्रम ३५ देखि ३८ डिग्री सेल्सियसको हाराहारीमा रहने अनुमान गरिएको छ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा भने मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । काठमाडौँ उपत्यका, पोखरा, धनकुटा, विराटनगर, धरान तथा ताप्लेजुङलगायत क्षेत्रमा वर्षाको सम्भावना छ । काठमाडौँ उपत्यकाको आजको अधिकतम तापक्रम २८ देखि ३० डिग्रीसेल्सियस रहने पूर्वानुमान गरिएको छ । 

    विभागले अत्यधिक गर्मीको समयमा बासिन्दालाई दिउँसो अनावश्यक रूपमा घर बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का तथा सुती कपडा लगाउन र बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीको विशेष हेरचाह गर्न अनुरोध गरेको छ । जलवायुविद्का अनुसार, जलवायु परिवर्तनका कारण पछिल्ला वर्षमा नेपालका तराई क्षेत्रमा तातो लहरको अवधि र तीव्रता बढ्दै गएको छ ।

     त्यसबाट स्वास्थ्य, कृषि तथा जनजीवनमा प्रत्यक्ष प्रभाव देखिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend