२०८३, आश्विन २१ गते

images
  • समाचार
  • २४ घण्टामा १,९२२ चालक ट्राफिक कारबाहीमा,...

२४ घण्टामा १,९२२ चालक ट्राफिक कारबाहीमा, राज्यकोषमा ५ लाख ११ हजार रुपैयाँ राजस्व

२४ घण्टामा १,९२२ चालक ट्राफिक कारबाहीमा, राज्यकोषमा ५ लाख ११ हजार रुपैयाँ राजस्व

आइतवार, आषाढ १४ २०८३०७:२२
आइतवार, आषाढ १४ २०८३०७:२२
  • images

    काठमाडौँ । बितेका २४ घण्टामा एक हजार ९२२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा पाँच लाख ११ हजार ५०१ राजस्व दाखिला भएको छ ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ७८,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १२९ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १३९ जनालाई कारबाही गरिएको हो । 

    यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ४१, निषेधित क्षेत्रमा हर्न बजाउने ६७, कालो सिसायुक्त सवारीसाधन सञ्चालन गर्ने १०, एकतर्फी सडकमा सवारीसाधन चलाउने ७० र अन्य सवारी नियम पालना नगरेका एक हजार २९६ जनालाई कारबाही गरिएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend