२०८३, आश्विन २१ गते

images
  • समाचार
  • संसदमै विष्णु पौडेलको रिहाइको माग, एमालेले...

संसदमै विष्णु पौडेलको रिहाइको माग, एमालेले भन्यो: ‘राजनीतिक प्रतिशोधमा पक्राउ’

संसदमै विष्णु पौडेलको रिहाइको माग, एमालेले भन्यो: ‘राजनीतिक प्रतिशोधमा पक्राउ’

आइतवार, आषाढ १४ २०८३१२:०७
आइतवार, आषाढ १४ २०८३१२:०७
  • images

    काठमाडौँ । नेकपा (एमाले) का सांसद पुष्प कँडेलले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको तत्काल रिहाइको माग गरेका छन्।

    आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कँडेलले पौडेलको पक्राउ राजनीतिक प्रतिशोधबाट प्रेरित भएको आरोप लगाए। उनले वर्तमान प्रधानमन्त्रीलाई गत निर्वाचनमा सवारीसाधन उपलब्ध गराउने व्यक्तिको बयानका आधारमा पौडेललाई पक्राउ गरिएको भन्ने समाचार सार्वजनिक भएको उल्लेख गर्दै त्यसलाई गम्भीर विषयका रूपमा उठाए।

    “उहाँको गिरफ्तारी गत चैतमा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि गरिएको प्रतिशोधी कारबाहीको अर्को रूप हो,” कँडेलले संसद्मा भने।

    उनले सरकार विपक्षी दललाई तर्साउने र एमालेलाई बदनाम गर्ने उद्देश्यले अघि बढेको आरोप समेत लगाए। पौडेल कुनै पनि अपराधमा संलग्न नरहेको दाबी गर्दै उनले दोषीलाई उन्मुक्ति दिने र निर्दोषलाई फसाउने प्रवृत्ति निन्दनीय भएको बताए।

    “काँक्रो आफू खाने र बियाँ अर्कैतिर लगाइदिने व्यवहार निन्दनीय छ,” उनले भने।

    उल्लेखनीय छ, विष्णु पौडेललाई असार ९ गते सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ गरिएको थियो। उक्त प्रकरणलाई लिएर एमालेले निरन्तर विरोध जनाउँदै आएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend