२०८३, आश्विन २१ गते

images
  • समाचार
  • सभामुखलाई ‘कर्मचारी महोदय’ भनेपछि सांसद केपी...

सभामुखलाई ‘कर्मचारी महोदय’ भनेपछि सांसद केपी खनालको माइक काटियो

सभामुखलाई ‘कर्मचारी महोदय’ भनेपछि सांसद केपी खनालको माइक काटियो

आइतवार, आषाढ १४ २०८३०१:४३
आइतवार, आषाढ १४ २०८३०१:४३
  • images

    काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सांसद केपी खनालले सभामुखलाई सम्बोधन गर्ने क्रममा ‘कर्मचारी महोदय’ भनेपछि उनको माइक काटिएको छ।  

    आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै खनालले आफ्नो निर्वाचन क्षेत्र कैलालीको लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालनमा ढिलाइ भएको विषय उठाएका थिए। सम्बोधनकै क्रममा उनले सभामुखलाई ‘कर्मचारी महोदय’ भनेपछि उनको माइक बन्द भएको हो। 

    माइक काटिनु अगाडि खनालले लम्कीचुहा अस्पताललाई नेपाल सरकार मन्त्रिपरिषद्ले २०८२ जेठ २६ गते स्वीकृति दिएको भए पनि प्रदेश सरकार र स्थानीयले काम नगरेको भन्दै आक्रोस व्यक्ति गरेका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend