२०८३, आश्विन २१ गते

images
  • समाचार
  • श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय...

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि...

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि...

बुधवार, आषाढ १७ २०८३१०:३१
बुधवार, आषाढ १७ २०८३१०:३१
  • images

    काठमाडौँ । गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परी एक महिलाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा धुर्कोट –५ निवासी ६० वर्षीया हुमकला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिए । 

    गए राति करिब १ः३० बजेको समयमा घाइते भएकी भण्डारीलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइएकामा राति नै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
      
    प्रहरी उपरीक्षक बोगटीका अनुसार मृतक भण्डारीका श्रीमान् भेषराज भण्डारीले आफ्नै घरदेखि करिब १५० मिटर टाढा रहेको बारीमा जङ्गली जनावर ९बँदेल० नियन्त्रण गर्ने उद्देश्यले बिजुलीको पोलबाट करेन्ट प्रवाह गरेर छाडेका थिए । मृतकका श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त घटनाका बारेमा थप अनुसन्धानका लागि प्रहरी टोली आज बिहानै घटनास्थल पुगिसकेको र अनुसन्धान सुरू गरिसकेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend