२०८३, आश्विन २१ गते

images
  • समाचार
  • बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा...

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त

शुक्रवार, आषाढ १९ २०८३१०:११
शुक्रवार, आषाढ १९ २०८३१०:११
  • images

    काठमाडौँ । सरकारले चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा वरिष्ठ चिकित्सक डा. योगेन्द्रप्रसाद सिंहलाई नियुक्त गरेको छ।

    नियुक्तिपछि डा. सिंहले बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो।

    अध्यक्ष पदका लागि प्राप्त आवेदनमध्ये छनोट समितिले डा. योगेन्द्रप्रसाद सिंह, डा. अजयकुमार झा र डा. विजयचन्द्र आचार्यको नाम अन्तिम सिफारिस गरेको थियो। सिफारिस भएका तीन जनामध्येबाट सरकारले डा. सिंहलाई अध्यक्ष नियुक्त गरेको हो।

    त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा करिब ४६ वर्ष लामो सेवा गरी अवकाश प्राप्त डा. सिंह स्वास्थ्य क्षेत्रका अनुभवी तथा वरिष्ठ चिकित्सकका रूपमा परिचित हुनुहुन्छ।

    पद तथा गोपनीयताको शपथ ग्रहणसँगै उहाँले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नुभएको मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend