काठमाडौं । संवैधानिक परिषद्को बैठक आज साँझ ५ बजे बस्ने भएको छ।
प्रमुख विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार प्रधानमन्त्री बालेन शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक आह्वान गरेका हुन्।
बैठकमा विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदहरूमा नियुक्तिका लागि सिफारिस गर्ने विषयमा छलफल हुने कार्यसूची रहेको आङ्देम्बेले जानकारी दिए।

