२०८३, आश्विन २१ गते

images
  • समाचार
  • राति घरमै पस्यो जंगली हात्ती, आमाछोराको...

राति घरमै पस्यो जंगली हात्ती, आमाछोराको घटनास्थलमै मृत्यु; धपाउने क्रममा घरमा आगलागी

राति घरमै पस्यो जंगली हात्ती, आमाछोराको घटनास्थलमै मृत्यु; धपाउने क्रममा घरमा आगलागी

सीएनएन खबर
आइतवार, आषाढ २१ २०८३१०:०८
सीएनएन खबर
आइतवार, आषाढ २१ २०८३१०:०८
  • images

    काठमाडौँ । भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणमा परी आमाछोराको मृत्यु भएको छ ।
     
    जिल्ला प्रहरी कार्यालयका  सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शनिबार राति घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परी २५ वर्षीया आशिका बोटे र उहाँकी चार वर्षीय छोरा भरतको घटनास्थलमा नै मृत्यु भएको हो । 
     
    हात्ती धपाउन आशिकाका श्रीमान् पूर्णले आगो बाल्दा उनको कच्ची घरमा आगलागी भएको थियो । आगो प्रहरी र स्थानीयको सहयोगमा निभाइएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend