२०८३, आश्विन २१ गते

images
  • समाचार
  • काभ्रेका बाढी प्रभावित स्थानीय तहलाई कामपाले...

काभ्रेका बाढी प्रभावित स्थानीय तहलाई कामपाले २० लाखका दरले सहयोग गर्ने

काभ्रेका बाढी प्रभावित स्थानीय तहलाई कामपाले २० लाखका दरले सहयोग गर्ने

शुक्रवार, आश्विन १८ २०८१०५:०२
शुक्रवार, आश्विन १८ २०८१०५:०२
  • images

    काठमाडौं ।  काठमाडौँ महानगरपालिकाले काभ्रेपलाञ्चोक जिल्लाका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई पुनःस्थापन तथा संकट व्यवस्थापन गर्न २० लाखका दरले सहयोग उपलब्ध गराउने भएको छ।
    महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा आज बसेको महानगर विपद्‍ व्यवस्थापन समितिको बैठकले पालिकाहरूको कोषमा सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो। 

    यसरी सहयोग प्रदान गरिनेमा पनौती नगरपालिका, रोशी गाउँपालिका र वेथानचोक गाउँपालिका छन्। पालिकाहरूबाट सहयोगको माग भएपछि विपद्‍ व्यवस्थापन समितिमा छलफल गरेर सहयोगका सिफारिस गरेर महानगर विपद्‍ व्यवस्थापन समितिमा पठाइएको समितिका संयोजक प्रेम थापाले जानकारी दिए।

    आन्तरिक क्षति व्यवस्थापन गर्दै संकटमा परेका पालिकाहरूलाई महानगरपालिकाले सहयोग उपलब्ध गराएको हो। आन्तरिकतर्फ आफ्नो भौगोलिक क्षेत्रभित्र भएको क्षतिको विवरण पठाउन वडाहरूलाई पत्राचार गरिएको छ।

    वाह्यतर्फ सहयोगका माग भएका स्थानीय तहहरूलाई ‘विपद व्यवस्थापन कोष’बाट सहयोग उपलब्ध गराइएको हो। अनधिकृत बसोबासलाई भौतिक सहयोग गरेर असुरक्षित आवासलाई बढावा नदिने महानगरपालिकाको नीति छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend