२०८३, आश्विन २१ गते

images
  • समाचार
  • चकलेटको प्याकेटभित्र २.८ केजी गाँजा, त्रिभुवन...

चकलेटको प्याकेटभित्र २.८ केजी गाँजा, त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ

चकलेटको प्याकेटभित्र २.८ केजी गाँजा, त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ

सीएनएन खबर
आइतवार, आषाढ २१ २०८३१२:३०
सीएनएन खबर
आइतवार, आषाढ २१ २०८३१२:३०
  • images

    काठमाडौँ । थाइल्यान्डबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका एक भारतीय यात्रुको साथमा गाँजा फेला परेपछि प्रहरीले पक्राउ गरेको छ।  

    विमानस्थलस्थित नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालयले आज (आइतबार) बिहान लगेज चेकजाँच गर्ने क्रममा चक्लेटको प्याकेटभित्र थाइल्यान्डको गाँजा २ केजी ८०० ग्राम भेटिएपछि भारतको कोलकत्ता पश्चिम बंगाल ठेगाना भएका ५७ वर्षीय हरि क्षेत्रीलाई नियन्त्रणमा लिएको हो। 

    लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार भारतीय नागरिक क्षेत्री थाई एयरवेजको उडान नं. टीजी ३०९ मा थाइल्यान्डको बैंककबाट नेपाल आएका थिए। बरामद लागुऔषध गाँजा थाइल्यान्डबाट नेपाल हुँदै भारतको कोलकाता लान लागिएको अनुसन्धानबाट खुल्न आएको ब्युरोले जनाएको छ। 

    साथै उनको साथमा रहेका पासपोर्ट र मोबाइल पनि प्रहरीले जफत गरेको छ। पक्राउ गरिएका क्षत्रीविरुद्ध लागुऔषध मुद्दामा थप अनुसन्धान भइरहेको लागुऔषध ब्युरोले जनाएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend