२०८३, आश्विन २१ गते

images
  • समाचार
  • किसानलाई गुणस्तरीय बीउको पहुँच बढाउन ५८...

किसानलाई गुणस्तरीय बीउको पहुँच बढाउन ५८ स्थानीय तहमा सरकारी कार्यक्रम

किसानलाई गुणस्तरीय बीउको पहुँच बढाउन ५८ स्थानीय तहमा सरकारी कार्यक्रम

आइतवार, आषाढ २१ २०८३०१:३४
आइतवार, आषाढ २१ २०८३०१:३४
  • images
    काठमाडौँ । कृषि विभागले विभिन्न १८ जिल्लाका ५८ स्थानीय तहमा गुणस्तरीय बीउमा किसानको पहुँच वृद्धिका लागि स्रोत बीउ उत्पादन कार्यक्रम सञ्चालन गरेको छ ।
     
    विभागले सङ्घीय सशर्त वित्तीय हस्तान्तरण कार्यक्रममार्फत उन्नत बीउ उत्पादन गर्न यो कार्यक्रम सञ्चालन गरेको हो । 
     
    विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले जलवायु परिवर्तनको नकारात्मक प्रभाव घटाउन धान बालीमा उत्थानशील जात विकास गरिने जानकारी दिए। धान खेतीमा छरुवा प्रविधि, पालैपालो जमिन भिजाउने र सुकाउने तथा वर्षाको पानी सङ्कलनजस्ता प्रविधि विस्तारमा जोड दिइएको उनले बताए । 
     
    कार्यक्रमअन्तर्गत हर्दिनाथ–१ र ३ वर्णशङ्कर जात प्रवद्र्धन, २१ जोन र ५ सुपरजोनमार्फत वर्खे तथा चैते धानमा यान्त्रिकीकरण प्रवद्र्धन र मूल्य शृङ्खला विकास गरिने छ । चैते धान प्रवद्र्धनमा किसानलाई अनुदान उपलब्ध गराइने छ ।
     
    विभागले यस वर्षदेखि धानमा आधारित परियोजना महोत्तरी, सर्लाही, नुवाकोट र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का आठ स्थानीय तहमा सुरु गरेको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend