२०८३, आश्विन २१ गते

images

१४ वटा जिल्लालाई संकटग्रस्त घोषणा

१४ वटा जिल्लालाई संकटग्रस्त घोषणा

शुक्रवार, आश्विन १८ २०८१०९:५१
शुक्रवार, आश्विन १८ २०८१०९:५१
  • images

    काठमाडौं ।  विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले पछिल्लो साता परेको पानी र त्यसले पुर्याएको क्षतिबारे समीक्षा गर्दै संकटग्रस्तका रुपमा १४ वटा जिल्ला घोषणा गरेको छ। 

    शुक्रबार सिंहदरबारस्थित जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालयमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले काठमाडौं उपत्यकासहितका केही जिल्लालाई संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको सहसचिव वसन्त अधिकारीले जानकारी दिए। 

    उनले भने, ‘ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौं, ललितपुर, सङ्खुवासभा, भक्तपुर, सोलुखुम्बु, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर सिन्धुपाल्चोक र धादिङ जिल्ला बढि प्रभावित भएको देखियो। यी जिल्लाहरूमा संकटग्रस्त जिल्ला घोषणा गरिने छ।’ स्थानीय तहलाई तोक्ने कुरामा छलफल जारी रहेको भन्दै छलफल गरेर सङ्ख्या तोक्ने उनले बताए।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend