२०८३, आश्विन २१ गते

images
  • समाचार
  • आज देशका केही क्षेत्रमा भारी वर्षाको...

आज देशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरीको चेतावनी

आज देशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरीको चेतावनी

सोमवार, आषाढ २२ २०८३०६:१०
सोमवार, आषाढ २२ २०८३०६:१०
  • images

    देशका विभिन्न स्थानमा आज मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ भने केही क्षेत्रमा भारी वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले विशेषगरी रातिको समयमा केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

    विभागका अनुसार दिउँसो देशका हिमाली र पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्य बदली रहनेछ भने कोसी, मधेस र वाग्मती प्रदेशका तराई भूभागमा आंशिक बदली रहने अनुमान छ।

    देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा कोसी प्रदेशको तराई र मधेस प्रदेशका एक–दुई स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ।

    मधेस, कोसी र वाग्मती प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

    रातिको समयमा देशभर सामान्य बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

    यस्तै, कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। मधेस र कर्णाली प्रदेशका पहाडी भूभाग तथा वाग्मती प्रदेशका पहाडी र तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।

    विशेषगरी कोसी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

    हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर स्थानभन्दा दक्षिणमा तथा पश्चिमी भूभागतर्फ सरदर स्थानकै आसपास रहेकाले वर्षाको गतिविधि निरन्तर रहने मौसमविद्को अनुमान छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend