काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले करार सेवामा १८० जना कर्मचारी माग गरेको छ।
कार्यालयले राष्ट्रिय आर्थिक गणना, २०८२ का संकलित फारामहरूको कोडिङ, इडिटिङ र तथ्यांक प्रविष्टि कार्यका लागि करार सेवामा कर्मचारी माग गरेको हो।
सूचनाअनुसार कोडर पदमा ६० जना र डाटा इन्ट्री अपरेटर पदमा १२० जना माग गरिएको छ। दुवै पदको करार अवधि बढीमा ४ महिना रहनेछ।
कोडर पदका लागि न्यूनतम शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण तोकिएको छ। उक्त पदको छनोट कार्यसम्पादनमा आधारित परीक्षा र अन्तर्वार्ताबाट गरिनेछ।
त्यस्तै, डाटा इन्ट्री अपरेटर पदका लागि १०+२ वा सो सरह उत्तीर्ण हुनुपर्नेछ। यस पदको छनोट सर्टलिस्ट, प्रयोगात्मक परीक्षा र अन्तर्वार्तामार्फत गरिनेछ।
इच्छुक नेपाली नागरिकले सूचना पहिलोपटक प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयमा दरखास्त फाराम भरी राष्ट्रिय तथ्यांक कार्यालय, थापाथलीमा पेश गर्नुपर्नेछ। दरखास्त फाराम कार्यालयको वेबसाइट nsonepal.gov.np तथा ec.nsonepal.gov.np बाट डाउनलोड गर्न सकिनेछ।
कार्यालयले राष्ट्रिय आर्थिक गणना, २०८२ का गणक तथा सुपरिवेक्षक पदको अनुभव भएकालाई प्राथमिकता दिइने जनाएको छ।

