२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • बाढी पहिरोबाट क्षति भएका जिल्लाका स्थानीय...

बाढी पहिरोबाट क्षति भएका जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा

बाढी पहिरोबाट क्षति भएका जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा

शुक्रवार, आश्विन १८ २०८१११:०५
शुक्रवार, आश्विन १८ २०८१११:०५
  • images

    काठमाडौं ।  सरकारले बाढी पहिरो प्रभावित केही जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले  विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको सिफारिशको आधारमा काभ्रे, काठमाडौँ, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, सिन्धुली जिल्लाका प्रभावित स्थानीय तहहरूलाई विपद् संकटग्रस्त घोषणा गरेको हो ।  

    सरकारले बाढी र पहिरोका कारण ठूलो मात्रमा जनधनको क्षति पुर्‍याएको क्षेत्रमा संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । बाढीपहिरोबाट २३९ जनाको मृत्यु, १६९ जना घाइते र १८ जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend