२०८३, आश्विन २१ गते

images
  • समाचार
  • निर्माण व्यवसायीलाई झट्का, ४४ कम्पनीको इजाजतपत्र...

निर्माण व्यवसायीलाई झट्का, ४४ कम्पनीको इजाजतपत्र स्वतः रद्द

निर्माण व्यवसायीलाई झट्का, ४४ कम्पनीको इजाजतपत्र स्वतः रद्द

बुधवार, आषाढ २४ २०८३१०:३८
बुधवार, आषाढ २४ २०८३१०:३८
  • images

    काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले तोकिएको समयसीमाभित्र इजाजतपत्र नवीकरण नगर्ने ४४ वटा निर्माण व्यवसायी फर्म तथा कम्पनीहरूको इजाजतपत्र खारेज गरेको छ ।

    निर्माण व्यवसाय ऐन, २०५५ को दफा ४ को उपदफा ३ मा निर्माण व्यवसायीहरूले प्रत्येक आर्थिक वर्षका लागि आफ्नो इजाजतपत्र नवीकरण गराउनुपर्ने अनिवार्य व्यवस्था छ । सोही व्यवस्था बमोजिम आर्थिक वर्ष २०८२–८३ का लागि २०८२ साल चैत्र मसान्तसम्म नवीकरण गरिसक्नुपर्ने म्याद तोकिएको थियो ।

    तर, उक्त अवधिभित्र नवीकरण प्रक्रिया पूरा नगरेका कम्पनीहरूको इजाजतपत्र ऐनको दफा ७ को उपदफा ३ बमोजिम ‘स्वतः खारेज’ भएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले सार्वजनिक गरेको सूचीमा ‘क’ वर्गदेखि ग’ वर्गसम्मका कम्पनीहरू समावेश छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend