२०८३, आश्विन २१ गते

images
  • समाचार
  • निजी क्षेत्रसँग प्रधानमन्त्री शाहको पहिलो औपचारिक...

निजी क्षेत्रसँग प्रधानमन्त्री शाहको पहिलो औपचारिक संवाद, अर्थतन्त्र मुख्य एजेन्डा

निजी क्षेत्रसँग प्रधानमन्त्री शाहको पहिलो औपचारिक संवाद, अर्थतन्त्र मुख्य एजेन्डा

बुधवार, आषाढ २४ २०८३११:१०
बुधवार, आषाढ २४ २०८३११:१०
  • images

    काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउने, लगानीको वातावरण सुधार गर्ने तथा निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले आज उद्योगी तथा व्यवसायीसँग उच्चस्तरीय संवाद गर्ने भएका छन्।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्था, निजी क्षेत्रका चुनौती, लगानी प्रवर्द्धन तथा सरकार–निजी क्षेत्रबीचको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल हुने प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्।

    बैठकमा निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठ, महासङ्घको उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसङ्घका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल, परिसङ्घका महानिर्देशक डा. घनश्याम ओझा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल तथा वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा सहभागी हुने कार्यक्रम रहेको छ।

    प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेपछि निजी क्षेत्रका प्रमुख छाता संगठनका नेतृत्वसँग औपचारिक रूपमा गर्न लागेको यो पहिलो संवाद हो। सरकारले आर्थिक गतिविधि विस्तार, लगानीमैत्री वातावरण निर्माण तथा निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ बैठक आयोजना गरेको जनाइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend