काठमाडौं । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएपछि अवरुद्ध पूर्व-पश्चिम राजमार्ग एकतर्फी खुला भएको छ। सडक भासिने क्रम नरोकिएकाले मर्मत जारी राखी एकतर्फी खुला गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट-सुस्ता पश्चिमका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए।
सडक दुईतर्फ नै खुलाउन सडक विभागको प्राविधिक टोलीले काम गरिरहेको उनले जानकारी दिए। मर्मतस्थलमा प्रमुख जिल्ला अधिकारीलगायत अधिकारी पनि पुगेका छन्।
शुक्रबार साँझ बर्दघाट नगरपालिका-४ स्थित खुर्सानी खोलामा सडक भासिएको थियो।

