२०८३, आश्विन २१ गते

images
  • समाचार
  • नगर प्रहरीले मोटरसाइकलमा लगायो ह्विल लक,...

नगर प्रहरीले मोटरसाइकलमा लगायो ह्विल लक, गणेशले आफ्नै शरीरमा लगाए आगो

नगर प्रहरीले मोटरसाइकलमा लगायो ह्विल लक, गणेशले आफ्नै शरीरमा लगाए आगो

बिहिवार, आषाढ २५ २०८३०३:१७
बिहिवार, आषाढ २५ २०८३०३:१७
  • images

    काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आत्मदाह प्रयास गर्ने व्यक्ति मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका २५ वर्षीय गणेश नेपाली हुन्।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनलाई घटनालगत्तै उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ। प्रहरीका अनुसार उनको शरीरको करिब ६५ प्रतिशत भाग जलेको छ र स्वास्थ्य अवस्था गम्भीर रहेको छ। यद्यपि, उनी सामान्य रूपमा बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

    प्रारम्भिक अनुसन्धानका क्रममा गणेश नेपालीले राहदानी विभाग परिसर बाहिर आफ्नो मोटरसाइकल पार्किङ गरेका थिए। त्यसपछि नगर प्रहरीको टोलीले उक्त मोटरसाइकलमा ह्विल लक लगाएको खुलेको छ।

    एसपी भट्टराईका अनुसार, आत्मदाह प्रयासको कारणबारे अनुसन्धान भइरहेको छ। उहाँले पार्किङ गरेर राखेको मोटरसाइकलमा नगर प्रहरीले ह्विल लक लगाएको जानकारी प्राप्त भएको छ। तर, आत्मदाह प्रयासको कारण यही हो वा अन्य कुनै विषयसँग सम्बन्धित छ भन्नेबारे अनुसन्धान जारी छ, उनले बताए।

    प्रहरीले घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend