२०८३, आश्विन २१ गते

images
  • समाचार
  • एकैदिन १२ जना विरुद्ध ३ भ्रष्टाचार...

एकैदिन १२ जना विरुद्ध ३ भ्रष्टाचार मुद्दा दर्ता

एकैदिन १२ जना विरुद्ध ३ भ्रष्टाचार मुद्दा दर्ता

बिहिवार, आषाढ २५ २०८३०५:११
बिहिवार, आषाढ २५ २०८३०५:११
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकैदिन ३ वटा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बिहीबार विशेष अदालत काठमाडौँमा छुट्टा छुट्टै ३ वटा मुद्दामा १२ जना विरुद्ध भ्रष्टाचार आरोप लगाएको हो । 

    आयोगले सिरहाको विष्णुपुर गाउँपालिका सिरहाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महतसमेत ८ जना र साना किसान कृषि सहकारी संस्था लिमिटेड उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको छ । 

    तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महतसँगै तत्कालीन इन्जिनियर तथा योजना शाखा प्रमुख अनिक यादव, तत्कालीन लेखापाल रमेश गदाल, साना किसान कृषि सहकारीका विष्णुपुर सिरहा तथा सोका तत्कालीन अध्यक्ष सरोज कुमार यादव, तत्कालीन सदस्य राजेश्वर प्रसाद सिंह, उपभोक्ताा समितिका अध्यक्ष मनोजकुमार यादव, कोषाध्यक्ष कविता कुमारी र सचिव रामवावु यादव विरुद्ध ४९ लाख २० हजार ९०३ रुपैयाँ मागदावी गर्दै आयोगले मुद्दा दर्ता गरेको हो । 

    उनीहरुमाथि विष्णुपुरमा विष्णुपुर धान प्रशोधन उद्योग स्थापनाको लागि आएको रकम हिनामिना गरेको आरोप लागेका छ । 

    यस्तैगरी आयोगले बिहीबार नै स्याङ्जनाको अर्जुनचौपारी गाउँपालिका वडा नम्र २ का वडा सचिव हिरालाल काफ्ले विरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेशगरी जागिर खाएको भन्दै मुद्दा दर्ता गरेको छ । 

    उनीविरुद्ध अध्ययन नै नगरी भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर जागिर खाएको आरोप लागेको छ । 

    यस्तै, पर्साको पोखरिया नगरपालिकाका तत्कालीन अधिकृत छैठौँ संजय कुमार पाण्डे सहित ३ जनाले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको भन्दै आयोगले मुद्दा दर्ता गरेको छ । पाण्डेसँगै पालिकाका तत्कालीन कर्मचारी अम्बिका महतो खुलवट र वडा नम्बर १० बस्ने महेन्द्र राउत कुर्मी विरुद्ध मुद्दा दर्ता भएको छ । 

    उनीहरुमाथि सरकारी कागजात सञ्चाई अपांगता परिचयपत्र वितरण गरी सरकारी रकम हिनामिना गरेको आरोप लागेको छ । आयोगले उनीहरु विरुद्ध १ लाख ९१ हजार ५२० रुपैँया मागदावी गर्दै मुद्दा दर्ता गरेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend