२०८३, आश्विन २१ गते

images

मुख्यसचिव कार्कीले सम्हाले सरकारको प्रशासनिक नेतृत्व

मुख्यसचिव कार्कीले सम्हाले सरकारको प्रशासनिक नेतृत्व

शुक्रवार, आषाढ २६ २०८३१०:१८
शुक्रवार, आषाढ २६ २०८३१०:१८
  • images

    काठमाडौँ । नवनियुक्त मुख्यसचिव गोविन्द बहादुर कार्कीले पदभार ग्रहण गरेका छन् । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले औपचारिक रूपमा उनले पदभार ग्रहण गरेका हुन् ।

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेपछि कार्कीले शुक्रबार पदबहाली गरेका हुन्।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पदबहाली कार्यक्रम सामान्य र औपचारिक रूपमा सम्पन्न भएको थियो। कार्यालयका सीमित कर्मचारीको उपस्थितिमा नियमित प्रशासनिक प्रक्रियाअनुसार कुनै विशेष तामझामबिनै पदभार ग्रहण गरिएको कार्यालय स्रोतले जनाएको छ।

    पदभार ग्रहणसँगै कार्कीले नेपाल सरकारको प्रशासनिक नेतृत्व सम्हाल्नेछन्। मुख्यसचिवका रूपमा उनले सरकारका निर्णयको प्रभावकारी कार्यान्वयन, निजामती प्रशासनबीच समन्वय तथा प्रशासनिक सुधारका कार्यक्रमलाई अघि बढाउने जिम्मेवारी निर्वाह गर्नेछन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend