२०८३, आश्विन २१ गते

images
  • समाचार
  • माकलबारीमा गुडिरहेको गाडीमा अक्सिजन सिलिन्डर विस्फोट,...

माकलबारीमा गुडिरहेको गाडीमा अक्सिजन सिलिन्डर विस्फोट, एक पैदलयात्रीको मृत्यु

माकलबारीमा गुडिरहेको गाडीमा अक्सिजन सिलिन्डर विस्फोट, एक पैदलयात्रीको मृत्यु

शुक्रवार, आषाढ २६ २०८३१२:११
शुक्रवार, आषाढ २६ २०८३१२:११
  • images

    काठमाडौँ । काठमाडौंको माकलबारीमा गुडिरहेको गाडीभित्र अक्सिजन सिलिन्डर र अग्नि नियन्त्रक उपकरण (फायर एक्स्टिङ्गुइसर) विस्फोट हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शुक्रबार बिहान करिब १०ः२० बजे सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको बा.प्र. ०६–००१ झ ००१७ नम्बरको गाडीमा विस्फोट भएको हो। घटनामा बागलुङ घर भई हाल माकलबारी बस्दै आएका ४१ वर्षीय विष्णु थापा गम्भीर घाइते भएका थिए।

    गम्भीर घाइते थापालाई तत्काल उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज पुर्‍याइएको थियो। तर उपचारका क्रममा बिहान १०ः४६ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

    प्रहरीका अनुसार उक्त गाडीले काभ्रेको पनौतीस्थित नवज्योति अक्सिजनबाट अक्सिजन सिलिन्डर र अग्नि नियन्त्रक उपकरण लिएर सिन्धुपाल्चोकतर्फ जाँदै थियो। त्यसक्रममा नेपाल मेडिकल कलेज पछाडि रहेको पञ्चकुमारी फार्मेसीबाट थप औषधि लोड गरी पाँचपोखरी प्राथमिक अस्पतालतर्फ प्रस्थान गर्ने तयारीमा रहेका बेला गाडीमा रहेका दुई वटा फायर एक्स्टिङ्गुइसर र एउटा सानो अक्सिजन सिलिन्डर विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

    दुर्घटनामा संलग्न गाडीका चालक सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ निवासी ४२ वर्षीय कृष्ण अधिकारी प्रहरीको सम्पर्कमा रहेका छन्।

    घटनापछि गाडी घटनास्थलमै राखिएको छ भने विस्फोटको कारण र घटनाको वास्तविक विवरण पत्ता लगाउन प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend