२०८३, आश्विन २१ गते

images
  • समाचार
  • गणेश नेपाली मृत्यु प्रकरण : अनुसन्धानका...

गणेश नेपाली मृत्यु प्रकरण : अनुसन्धानका लागि तीन नगर प्रहरी नियन्त्रणमा

गणेश नेपाली मृत्यु प्रकरण : अनुसन्धानका लागि तीन नगर प्रहरी नियन्त्रणमा

शुक्रवार, आषाढ २६ २०८३१२:३४
शुक्रवार, आषाढ २६ २०८३१२:३४
  • images


    काठमाडौँ । गणेश नेपाली मृत्यु प्रकरणमा अनुसन्धानका लागि तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताए। 

    दुई जना महिला र एक जना पुरुष नगरप्रहरीलाई कालीमाटी बृत्तमा राखेर अनुसन्धान अगाडि बढाइएको छ।

    काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार दिउँसो आफ्नै शरीरमा आगो लगाउँदा गम्भीर घाइते भएका गणेश नेपालीको निधन भएको छ। वीर अस्पतालमा उपचाररत उनको आज (शुक्रबार) बिहान साढे ११ बजेतिर मृत्यु भएको हो। 

    राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका नेपालीलाई बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। उनको शरीर ५५ प्रतिशत जलेको चिकित्सकले जानकारी दिएका थिए। 

    मुगुको सोरु गाउँपालिका १ का २५ वर्षीय नेपाली मोटरसाइकलमा राइड सेयरिङ गर्थे। बिहीबार दिउँसो राहदानी विभाग अगाडि उनको मोटरसाइकलमा नगर प्रहरीले ह्वील लक लगाएको थियो। त्यसपछि केहीबेर सुरक्षाकर्मीसँग विवाद परेको र पछि उनले पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेको आफन्तको दाबी छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend