२०८३, आश्विन २१ गते

images
  • समाचार
  • गणेश नेपाली आत्मदाह प्रकरणमा गृहमन्त्रीले भनेः...

गणेश नेपाली आत्मदाह प्रकरणमा गृहमन्त्रीले भनेः ‘स्टन्टबाजी गर्न होइन, देशको सेवा गर्न आएको हुँ’

गणेश नेपाली आत्मदाह प्रकरणमा गृहमन्त्रीले भनेः ‘स्टन्टबाजी गर्न होइन, देशको सेवा गर्न आएको हुँ’

शुक्रवार, आषाढ २६ २०८३०४:४८
शुक्रवार, आषाढ २६ २०८३०४:४८
  • images

    काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको आत्मदाह प्रकरणमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिएका छन् । 

    मन्त्री गुरुङले शुक्रबार प्रतिनिधिसभाको बैठकमा डीआईजी गोविन्द्र थपलियाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी गराएका हुन् ।

    प्रतिनिधिसभाको बैठकमा गणेश नेपालीको आत्मदाह र मृत्युको घटनाको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग सांसदहरूले गरेका थिए ।

    यस्तै, गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको आत्मदाह प्रयास र उपचारसम्बन्धी विषयमा सरकारले आफ्नो तर्फबाट आवश्यक सबै प्रयास गरेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले घटनापछि सरकार उपचार व्यवस्थापनमा निरन्तर सक्रिय रहेको दाबी गरे।

    गृहमन्त्री गुरुङले गणेश नेपालीलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएपछि आफूले व्यक्तिगत रूपमा उपचारमा कुनै कमी हुन नदिन पहल गरेको उल्लेख गर्दै आवश्यक परे भारत पठाउने विषयमा समेत गम्भीर प्रयास गरिएको बताए। तर चिकित्सकहरूको सल्लाहका आधारमा उनलाई भारत नपठाइएको उनको भनाइ थियो।

    उनले मृतकका परिवारलाई आवश्यक सहयोग र सान्त्वनाका विषयमा समेत गृह मन्त्रालयमा छलफल भइरहेको जानकारी दिँदै जनताको सेवा केवल भाषणबाट नभई व्यवहार र कामबाट हुने बताए। आफू प्रचारमुखी राजनीति गर्न नभई जिम्मेवारीपूर्वक देशको सेवा गर्न आएको पनि उनले स्पष्ट पारे।

    संसदमा उठेका प्रश्नप्रति प्रतिक्रिया जनाउँदै गृहमन्त्री गुरुङले घटनाको जिम्मेवारीबारे पनि धारणा राखे। उनले घटनास्थलमा मोटरसाइकलमा ह्वील लक लगाउने काम ट्राफिक प्रहरीले नभई काठमाडौं महानगरपालिकाका नगर प्रहरीले गरेको उल्लेख गर्दै स्थानीय सरकार र प्रदेश सरकारको भूमिकाबारे पनि प्रश्न उठाए।

    गुरुङले कानुन कार्यान्वयन गर्ने दायित्व सरकारको भएको उल्लेख गर्दै कालो सिसा, पार्किङलगायतका विषयमा लागू गरिएको कानुन वर्तमान सरकारले बनाएको नभई प्रचलित कानुनअनुसार कार्यान्वयन गरिएको बताए।

    यसअघि गणेश नेपालीको आत्मदाह प्रयास र निधनको घटनाबारे निष्पक्ष छानबिनको माग उठेपछि सरकारले डीआईजी गोविन्द्र थपलियाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिसकेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend