२०८३, आश्विन २१ गते

images
  • समाचार
  • मनसुनी वायुको प्रभावः आज दिनभर वर्षा,...

मनसुनी वायुको प्रभावः आज दिनभर वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी वायुको प्रभावः आज दिनभर वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

शनिवार, आषाढ २७ २०८३०७:५६
शनिवार, आषाढ २७ २०८३०७:५६
  • images
    काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ । 
     
    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा मधेस प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 
     
    आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । देशका तराई भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । 
     
    कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भू–भाग साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 
     
    आज राति देशभर साधारणतया बादल लाग्ने सम्भावना छ । देशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागको धेरै स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई  भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । 
     
    गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा र कोशी प्रदेशको पहाडी, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend