२०८३, आश्विन २१ गते

images
  • समाचार
  • श्रेष्ठले पाए सर्वोच्चबाट अवकाश, आजदेखि राउत...

श्रेष्ठले पाए सर्वोच्चबाट अवकाश, आजदेखि राउत नयाँ प्रधानन्यायाधीश

श्रेष्ठले पाए सर्वोच्चबाट अवकाश, आजदेखि राउत नयाँ प्रधानन्यायाधीश

आइतवार, आश्विन २० २०८११०:४६
आइतवार, आश्विन २० २०८११०:४६
  • images

    काठमाडौं । नयाँ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आज (आइतबार) शपथ खाँदै छन् । राष्ट्रपति भवनमा दिउँसो १:३० बजे प्रधानन्यायाधीशको शपथ समारोह आयोजना गरिने जनाइएको छ । शपथपछि आजै पदभार ग्रहणका लागि सर्वोच्च अदालतले तयारी गरिरहेको छ ।

    यसअघिका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले ६५ वर्षे उमेरहदका कारण गएराति १२ बजेबाट अनिवार्य अवकाश लिइसकेका छन् ।

    त्यसैले उनको स्थानमा राउतलाई नियुक्त गरिएको हो । संवैधानिक परिषद्ले वरिष्ठतम् न्यायाधीश राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न गत भदौ ३१ गते सिफारिस गरेको थियो ।

    यही असोज १६ गते उनी संसदीय सुनुवाइबाट सर्वसम्मत अनुमोदन भएका थिए । राउतले अब २०८२ चैत १७ गतेसम्म न्यायालयको नेतृत्व गर्नेछन् ।

    यसैबीच सर्वोच्च अदालतसहित देशभका अदालतमा घटस्थापनाकै दिनदेखि दसैँ बिदा दिइसकिएको छ ।

    तर बन्दी प्रत्यक्षीकरण सुनुवाइका लागि भने सर्वोच्च अदालतल खुला रहने जनाइएको छ । यसका लागि निश्चित न्यायाधीश र कर्मचारी तोकिएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend