२०८३, आश्विन २१ गते

images
  • समाचार
  • दुर्गा प्रसाईंका समर्थकले आगजनी गरेको ट्रक...

दुर्गा प्रसाईंका समर्थकले आगजनी गरेको ट्रक चालकको उपचारका क्रममा मृत्यु

दुर्गा प्रसाईंका समर्थकले आगजनी गरेको ट्रक चालकको उपचारका क्रममा मृत्यु

सोमवार, आश्विन २१ २०८११२:३४
सोमवार, आश्विन २१ २०८११२:३४
  • images

    काठमाडौं । दुर्गा प्रसाईं पक्राउको बिरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक चालकको मृत्युु भएको छ । बिर्तामोडमा प्रसाईं समर्थकले चालकलाई बाहिर निस्किन नदिई डब्ल्यु बी ७३ इ ३०५६ नम्बरको ट्रकमा आगजनी गरेका थिए ।

    उक्त ट्रकमा लागेको आगो बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा ईलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइएको थियो । आगलागीबाट ट्र्कका चालक भारत इस्लामपुर बस्ने बर्ष ४० को प्याड रोयको दाहिने हातको पाखुरा र ढाड जलेर  घाइते भएका थिए ।

    उनको उपचारको लागि बीएण्डसी अस्पतालमा उपचार भई थप उपचार नर्थ बंगाल मेडिकल कलेजमा भईरहेको अवस्थामा शनिबार मृत्यु भएको हो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend