२०८३, आश्विन २१ गते

images
  • समाचार
  • सिन्धुलीमा बस दुर्घटना हुँदा दुई जनाको...

सिन्धुलीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

सिन्धुलीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

सोमवार, आश्विन २१ २०८१०५:५१
सोमवार, आश्विन २१ २०८१०५:५१
  • images

    काठमाडौं । काठमाडौंबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा सोमबार दुर्घटना भएको छ । सोमबार दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको जनाइएको छ ।

    बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिए । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend