२०८३, आश्विन २१ गते

images

उपत्यकाको १४ ठाउँमा यात्रु सहायता कक्ष

उपत्यकाको १४ ठाउँमा यात्रु सहायता कक्ष

सोमवार, आश्विन २१ २०८१०८:०५
सोमवार, आश्विन २१ २०८१०८:०५
  • images

    काठमाडौं । दशैँ तिहारमा गाउँ फर्किनेहरूलाई सहयोग गर्नेगरी उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । सहायता कक्षहरु काठमाडौं उपत्यकामा १४ ठाउँमा स्थापना गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी रविन कार्कीले रातोपाटीलाई बताए ।

    काठमाडौंको नागढुंगा, कलङ्की, बाफल, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, बल्खु, दक्षिणकाली र सुन्धारामा सहायता कक्ष स्थापना गरिएको छ । भक्तपुरको जगाते, ललितपुरस्थित सातदोवाटो र चापागाउँमा पनि सहायता कक्ष स्थापना गरेर ट्राफिक प्रहरीले सेवा दिइरहेको छ ।

    यात्रुलाई भाडाबारे जानकारी नभएमा मुख्य चोक र काउन्टर नजिकै सञ्चालित सहायता कक्षमा देखिनेगरी भाडाको सूची टाँसिएको छ । बस र अन्य यात्रुवाहक सवारी छुटेमा यात्रुलाई सो सवारीमा चढाउन सहायता कक्षका प्रहरीले सहयोग गर्छन् । धेरै भाडा लिने र सिट क्षमताभन्दा बढी यात्रु चढाउनेलाई कारबाही गर्ने अधिकार सहायता कक्षमा बस्ने प्रहरीलाई दिइएको छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend